महिला सुधार गृहमा क्यान्सर स्क्रिनिङ
काठमाडौं:कारागार कार्यालय जगन्नाथदेवलमा रहेको महिला सुधार गृहमा ३ सय १ महिला कैदिबन्दीहरुको क्यान्सर स्क्रिनिङ गरिएको छ ।
लायन्स क्लब अफ काठमाण्डौ युगदर्पणको पहलमा ९ वटा लायन्स क्लबहरु रहेको लायन्स अन्तर्राष्ट्रिय, जिल्ला ३२५ जे नेपालले केन्द्रीय कारागार अस्पतालको ब्यवस्थापन र सहजीकरणमा महिला कैदिबन्दीहरुको स्वास्थ्य परीक्षण, स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सहित आधारभुत औषधि बितरण गरेको छ ।
सुधारगृहमा रहेका महिलाहरुलाई ब्यक्तिगत सरसफाईका बारेमा सचेत गराउदै अस्पतालमा बिरामी भएपछि मात्रै जाने नभई स्वस्थताको प्रमाण लिन पनि जान र आउन प्रोत्साहन गरिएको केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले बताए।
लायन्स इन्टरनेसनल जिल्लाका प्रमुख सल्लाहाकार लायन देबी थापा गुरुडको नेतृत्वमा आएको स्वास्थ्यकर्मी टोलीमा लायन हरि प्रसाद मरहट्टा, डा प्रफुल्ल, डा बिना लगायतका एक दर्जन स्वास्थ्यकर्मी रहका थिए।
Share on Twitter