स्वास्थ्य सेवा विभागका कर्मचारीहरुको जिम्मेवारी हेरफेर,कसले के जिम्मेवारी पाए ?
काठमाडौं:स्वास्थ्य सेवा विभागका कर्मचारीहरुको जिम्मेवारी हेरफेर भएको छ । विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको बताईएको छ ।
मन्त्रालयबाट विभागमा सरुवा गरिएका डा. गुणानिधी शर्मालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को महामारी व्यवस्थापन शाखाको जिम्मेवारी दिइएको छ ।
यस्तै इडिसिडीको नसर्ने रोग तथा मानसिक शाखा प्रमुख डा. फणिन्द्र बराललाई उपचारात्मक महाशाखामा लगिएको छ । यता उपचारात्मक महाशाखाकी डा. पोमा थापालाईे नसर्ने रोग मानसिक शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । यता परिवार कल्याण महाशाखाकी कविता अर्याललाई नर्सिङ महाशाखामा लगिएको छ ।
उनको ठाउँमा नर्सिङ महाशाखाकी शर्मिला दाहाललाई ल्याइएको छ । अनु शाक्यलाई व्यवस्थापन महाशाखामा जिम्मेवारी दिइएको छ ।
उनी यसअघि इडिसिडीको सर्विलेन्समा शाखामा कार्यरत थिइन् । यस्तै सागर दाहाललाई इडिसिडीमा लगिएको छ । उनलाई इडिसिडीको सर्विलेन्स शाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
Share on Twitter