विकास निर्माणका कामसंग जनतालाई जोड्ने काम गर्छौं :मन्त्री बस्नेत
सिन्धुपाल्चोक : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका कामसंग जनतालाई जोड्ने काम गर्ने बताएका छन् ।
बुधबार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्करस्थित मंगलामाई माध्यमिक विद्यालयको ६२ ओै बार्षिकोत्सवलाई सम्बोधन गर्नेक्रममा मन्त्री बस्नेतले आपत विपद र विकासका लागि नेता चाहिने बताउँदै आफू त्यसका लागि म सधैं तयार रहेको बताए ।
"शिक्षा, स्वास्थ्य, विपदको समयमा उद्दारमा, भौतिक विकासमा म निरन्तर लाग्नेछु । विकास निर्माणका कामसंग जनतालाई जोड्ने काम गर्छौं, आपत विपद र विकासका लागि नेता चाहिन्छ, त्यसका लागि म सधैं तयार छु ।तपाईंहरुले गलत ठाउँमा मत परेछ भनेर पाँच बर्षपछि पश्चाताप गर्नुपर्ने छैन ।" मन्त्री बस्नेतले भने ।
उनले आफु सधैंभरि राम्रो काम गरेर जनताको मन जित्नु पर्छ भन्ने सोच भएको मान्छे भएको बताउँदै त्यही अनुसार काम गर्ने बताए ।
मन्त्री बस्नेतले पिस्कर घटनाबाट एमालेले देशको राजनीतिमा बैतर्नी तर्यो तर सहिदका परिवारको जीवनस्तर उकास्ने र रोजगारी उपलब्ध गराउने ध्यान नदिएको भन्दै बिगतमा गलत मानिसलाई जिताएर पिस्कर र त्रिपुरासुन्दरी गाउँपालिकाको बिकास पचास वर्ष पछाडि परेको बताए।
उनले आफू अर्को निर्वाचन क्षेत्रबाट निर्वाचित भएको भएपनि यस क्षेत्रको बिकासका लागि पचास बर्षमा नभएको काम पाँच वर्षमा गर्ने प्रतिवद्धता जनाए ।
Share on Twitter