नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षमा रितेश रिमाल विजयी
काठमाडौं:नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षमा रितेश रिमाल विजयी भएका छन् । बुधबार चितवनको नारायणगढमा भएको मतदानमा उनले २ सय ९९ मत पाएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी धनकुमारी अधिकारी पाण्डेले १ सय ९५ मत पाएकी छन् । रिमालले यस अघि संघको कोषाध्यक्ष, उपाध्यक्ष र कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत सम्हालेको अनुभव छ ।
यस्तै आयाततर्फको उपाध्यक्षमा दिनेश कट्टेललाई पराजित गर्दै सुना सुवेदी बडाल विजयी भएकी छन् । उनले ३सय ९ मत प्राप्त गरेकी छन् ।थोकतर्फको उपाध्यक्षमा एकनारायण पौडेल विजयी भएका छन् ।
उनले २ सय ४४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विकास शर्मा तिमिल्सिनाले १ सय ८५ र कविराज भट्टले ६३ मत पाएका छन् । खुद्रातर्फको उपाध्यक्षमा अबोधराज दबाडीलाई पराजित गर्दै लक्ष्मण घिमिरे दोहोरिएका छन् ।
घिमिरे २सय ४७ मतका साथ विजयी भएका हुन् ।महासचिवमा सादुराम ढकाल (आशिष) ले जित दर्ता गराएका छन् । आफ्ना प्रतिस्पर्धी हुमाकान्त काफ्लेलाई २सय १२ मतमा रोक्दै ढकाल विजयी भएका हुन् । ढकालको मत २ सय ७९ छ । यस्तै कोषाध्यक्षमा राजेन्द्र थापा विजयी भएका छन् ।
थापाले २ सय ९५मत प्राप्तगर्दा उनका प्रतिस्पर्धी केपी लम्साल १९६ मतमा रोकिए । यस्तै सचिवमा केशव शर्मा, खुलातर्फको केन्द्रीय सदस्यमा रत्नकुमार बडाल, शंकर सुवेदी, सत्यभामा न्यौपाने बडाल र अर्जुन नेपाल निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश सदस्यतर्फ दीपक चन्द्र सेन, कोशी, पूर्णप्रसाद जैसी पाण्डे, कर्णाली, परशुराम गैरे गण्डकी, ईश्वरीप्रसाद आचार्य, बागमती, पुनिराम चौधरी, सुदूरपश्चिम र रोशनकुमार साह, मधेश प्रदेशमा निर्विरोध निर्वाचित भएको जनाइएको छ । निर्वाचनमा ४सय ९८ मत खसेको निर्वाचन समितिले जनाएको छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्ष रहने छ ।
Share on Twitter