कानुन समितिले भन्यो-भारतसँग भएका सम्झौताको पूर्णरुप ७ दिनभित्र उपलब्ध गराऊ
काठमाडौं : भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा नेपाल सरकार र भारत सरकारबीच भएका सम्झौताको पूर्णरुप सात दिन भित्र उपलब्ध गराउन संसदको कानुन न्याय तथा मानव अधिकार समितिले निर्देशन दिएको छ ।
आज समितिले जयशंकरसँग भएका सम्झौताका बारेमा जानकारी लिन प्रधानमन्त्री प्रचण्डलाई बोलाएको थियो । समितिको बैठकमा प्रधानमन्त्रीले सम्झौताबारे जानकारी गराएका थिए ।
Share on Twitter