मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा.दवाडी
काठमाडौं:नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा. विश्व दवाडी नियुक्त भएका छन्।आइतबार मन्त्रीस्तरीय निर्णयबाट अर्को व्यवस्था नभएसम्मका लागि उनलाई निमित्त रजिस्ट्रारको जिम्मेवारी दिएको हो।
यसअघिका रजिस्ट्रार डा कृष्ण अधिकारीसहित काउन्सिल सदस्यहरुको कार्याकाल गत पुस ७ गते नै समाप्त भएको थियो । काउन्सिलको रजिस्ट्रार मन्त्री परिषद्को बैठकले नियुक्त गर्ने गर्छ।
मन्त्री परिषदबाट रजिस्ट्रार नियुक्त नहुन्जेलका लागि डा दवाडीलाई निमित्त दिइएको हो।
Share on Twitter