हिमालयन इन्टरनेशनल भास्कुलर समिट जनवरी १७ देखि
काठमाडौं:हिमालयन इन्टरनेशनल भास्कुलर समिट २०२४ जनवरी १७ देखि काठमाडौँमा सुरु हुने भएको छ । १७ जनवरी देखि १९ जनवरीसम्म चल्ने सम्मेलनमा विभिन्न देशका विज्ञहरूले अनुभव आदानप्रदान गर्ने आयोजक कमिटीका अध्यक्ष डा.सन्दीपराज पाण्डेले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
ललितपुरको होटेल हिमालयमा चल्ने सम्मेलनमा भास्कुलर(रक्तनसा, सिरा, धमनीसम्बन्धी) समस्या र समाधानबारे छलफल हुने जनाइएको छ । सम्मेलनमा रक्तनसा, सिरा, धमनीसम्बन्धी विश्वका विभिन्न सोध,अनुभव एवं अनुसन्धानात्मक कार्यपत्रबारे छलफल हुने डा पाण्डेले बताए ।
सम्मेलनबाट नसा सम्बन्धी रोगका बारेमा जानकारी गराइ समयमै उपचारको पहुँचमा ल्याउन सहयोग पुग्ने लक्ष्य लिइएको छ । सम्मेलनमा १ सय ५० भन्दा बढी विदेशीले सहभागिता जनाउने अपेक्षा लिइएको छ ।
यस्तै नेपालका १ सय भन्दा बढी यो क्षेत्रमा रुचि राख्ने चिकित्सक र स्वास्थ्यकर्मी सहभागी हुने पाण्डेले बताए । यो सम्मेलनबाट नेपाललाई मेडिकल टुरिजमका रूपमा स्थापित गराउने लक्ष लिएको इभेन्ट म्यानेजर पेशल भट्टराईले बताए । साथै कार्यक्रमको सेसनलाई नेपालका हिमाल र पर्यटकीय क्षेत्रको नाम दिइने जनाइएको छ ।
Share on Twitter