कर्णालीमा राष्ट्रिय सभाका तीन सिटका लागि प्रतिस्पर्धा हुँदै
काठमाण्डौ : कर्णालीमा राष्ट्रिय सभाका तीन सिटका लागि प्रतिस्पर्धा हुँदैछ । ६ वर्षअघि राष्ट्रियसभा सदस्यमा चुनिएका भैरवसुन्दर श्रेष्ठ, नरपति लुवार र नन्दा चपाईंको कार्यकाल सकिन लागेकाले आगामी माघ ११ गते निर्वाचन हुन लागेको हो ।
जाजरकोटका श्रेष्ठ अन्य, कालीकोटका लुहार दलित र सुर्खेतकी चपाईं महिला क्लस्टरबाट राष्ट्रियसभा सदस्य भएका थिए । उनीहरु निर्वाचित भएकै क्लस्टरमा चुनाव हुने भएकाले सत्ता गठबन्धनबाट अन्य, दलित र महिला एकरएक जनाले मात्र उम्मेदवार बन्ने अवसर पाएका छन् ।
सत्ता गठबन्धनको सहमतिअनुसार कर्णालीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एकरएक सिटमा उम्मेदवारी दर्ता गर्नेछन् ।
माओवादीले कर्णालीमा कालीकोटका विष्णु बिकलाई दलित क्लस्टरबाट उम्मेदवार बनाएको छ । कांग्रेसले प्रदेश महामन्त्रीसमेत रहेका रुकुम पश्चिमका कृष्ण रोकायालाई उम्मेद्वार बनाएको छ भने एकीकृत समाजवादीले महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सावित्री नारायण नगरपालिका दैलेखककी पूर्वउपमेयर हुन् ।
Share on Twitter