गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्र सुधार, मन्त्री सिम्खडालाई जनताको प्यार
काठमाडौं:गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सुशिला सिंखडाले गरिब नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन सरकारले काम गरिरहेको बताएकी छन् ।गत वैशाख २९ गते मन्त्रालयको जिम्मेवारी सम्हालेकी सिम्खडाले स्वास्थ्य सेवालाई सहज, सर्वसुलभ र समयसापेक्ष बनाउन काम गरिरहेको दाबी गरेकी छन् ।
माओवादी केन्द्रबाट मन्त्री बनेकी उनी अहिले जनताको समस्या बुझ्न व्यस्त छिन् । जनतासङ नजिक भएकाले पनि जनताको दुख सहजै बुझ्ने गर्छिन् । समस्या देखिनासाथ समाधानमा लाग्ने भएकालेे पनि नागरिकले उनको कामलाई मन पराएका छन् । उनको आगमन सँगै प्रदेशको स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको देखिन्छ ।
गण्डकी प्रदेश सरकार अन्तर्गतका अस्पतालहरूको स्वीकृत शैया ३६५ प्राप्त भएकोमा प्रदेश सरकारबाट ३७० शैया थप गरी कुल ७३५ शैया सञ्चालन गरिरहेको उनले बताइन् ।
डायलायसिस सेवालाई सहज बनाउनालागि सङ्क्रामक तथा सरुवा रोग अस्पताल, कास्कीमा २५ शैया क्षमताको डायलासिस केन्द्र स्थापना गरी सञ्चालन भइरहेको समेत उनले जानकारी दिइन् ।
यस्तै प्रदेश भरीका जनताले सेवा पाउने गरी रगत निःशुल्क गरिएको छ । जनताको सेवा गर्न आएकाले जनअपेक्षा र आवश्यकता अनुसार काम गर्दै जाने बताइन् । विज्ञको सुझाव र जनताको साथसंगसंगै काम गर्दै जाने उनको भनाई छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय (स्वास्थ्य) बाट सम्पादन भएका मुख्य-मुख्य कार्यहरूको विवरणः
१. नेपाल सरकारबाट गण्डकी प्रदेश सरकार अन्तर्गतका अस्पतालहरूको स्वीकृत शैया ३६५ प्राप्त भएकोमा प्रदेश सरकारबाट ३७० शैया थप गरी कुल ७३५ शैया हाल सञ्चालन गरिएको । यस मध्ये गण्डकी प्रदेश सरकारबाट ३८५ शैया नि:शुल्क सञ्चालन गरिएको । बेड क्याबिनेट बार स्वीकृत गर्ने प्रक्रियामा रहेको ।
२. आँपपिपल अस्पताल, गोरखा र बुर्तिबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, बाग्लुङलाई ५० शैयाको अस्पतालमा स्तरोन्नति गरी गण्डकी प्रदेश सरकार मातहत सञ्चालनको लागि गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८०/०६/०२ को निर्णयबाट नेपाल सरकारलाई अनुरोध गरी लेखि पठाइएको ।
३. गण्डकी प्रदेश भित्र सरकारी ९ वटा र निजी ६ वटा गरी जम्मा १५ वटा संस्थाबाट डायलायसिस सेवा प्रदान गरिँदै आएको, प्रदेश भित्र ५७६ जना बिरामीहरूले डायलायसिस सेवा लिइरहेका र ३०३ जना डायलायसिस सेवाका लागि पर्खाइमा रहेकोमा उक्त संख्यालाई शून्यमा झार्ने उद्देश्यका साथ सङ्क्रामक तथा सरुवा रोग अस्पताल, कास्कीमा २५ शैया क्षमताको डायलासिस केन्द्र स्थापना गरी सञ्चालन कार्यका लागि गण्डकी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/०४/२४ को बैठकको निर्णयबाट विशेषज्ञ चिकित्सक सहित ४८ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृत भई सो बमोजिम पदपूर्ति गरी आवश्यक औजार उपकरण र भौतिक पूर्वाधारको व्यवस्थापन गरी डायलाइसिस केन्द्र स्थापना गरी सञ्चालन गरिएको ।
४. आवश्यक जनशक्ति, औजार उपकरण र भौतिक पूर्वाधारको व्यवस्थापन गरी २५ शैया क्षमताको डायलासिस केन्द्र स्थापना गरी सञ्चालन गरिएको।
५. अस्पताल/प्रयोगशालाबाट नियमित स्वास्थ्य सेवा एवं परीक्षणको अतिरिक्त हाल दिइरहेको विशेष सेवाहरू (Dialysis Service, ICU / PICU / HDU / Ventilator Service, Safe Delivery Service आदि) नियमित सञ्चालन तथा निरन्तरताको लागि आवश्यक जनशक्ति गण्डकी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति -२०८०/०५/०६ को बैठकबाट विशेषज्ञ चिकित्सक सहित १७० जना स्वास्थ्य जनशक्तिको अस्थायी दरबन्दी स्वीकृत भएको।
६. प्रदेश अन्तर्गतका सबै अस्पतालको क्षमता विस्तार गरी डायलायसिस सेवा सुचारु कार्यक्रमलाई निरन्तरता दिई थप व्यवस्थित बनाइएको ।
७. प्रदेश सरकार मातहतका मनाङ, मुस्ताङ, स्याङ्जा र पर्वत अस्पतालहरूमा राष्ट्रिय आविष्कार केन्द्र मार्फत, सङ्क्रामक तथा सरुवा रोग अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा WHO मार्फत र गोरखा, लमजुङ, धौलागिरि, बेनी, दमौली र मातृ शिशु मितेरी अस्पतालहरूमा निक साइमन्स इन्स्टिच्युट (NSI) मार्फत इलेकट्रोनिक मेडिकल रेकर्ड [EMR] प्रणाली जडान गरी सङ्क्रामक तथा सरुवा रोग अस्पताल र लमजुङ अस्पतालमा सेवा सुचारु गरिएको ।
८. स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याई सोही बमोजिम बजेटको व्यवस्था गरिएको ।
९. १० वर्ष भन्दा मुनि र ६० वर्ष भन्दा माथिको मानिसहरूलाई सरकारी अस्पतालमा हुने प्रयोगशाला परीक्षण शुल्कलाई निःशुल्क गरिएको ।
१०. आकस्मिक सेवा व्यवस्थापनलाई व्यवस्थित बनाउन १०२ सम्पर्क नम्बर सहितको •एम्बुलेन्स Dispatch Centre को व्यवस्था गरी २४ सै घण्टा सेवा सुरुवात गरिएको ।
११. चालु आ.व. २०८०/०८१ को स्वीकृत कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनको लागि मापदण्ड तयार गरी लागु गरिएको ।
१२. गण्डकी प्रदेशको ११ वटा जिल्ला मध्ये स्याङ्जा, तनहुँ, नवलपुर र पर्वत जिल्लामा ठेउला (Chicken pox) को प्रकोप भई जनशक्ति परिचालन गरी सोको नियन्त्रण लिइएको साथै डेंगु, शापु, जेइ, स्क्रब टाइफस तथा ब्रुसेलस 'जस्ता महामारी जन्य सरुवा रोगहरू प्रदेशका अधिकांश जिल्लाहरूमा प्रकोपको रूपमा फैलिई महामारीको रूप लिन सक्ने देखिदा यस्ता रोगहरूको नियन्त्रणको लागी सरकारी, निजी तथा गैरसरकारी अस्पताल लगायत सरोकारवालाहरू सँग छलफल समन्वय गरी द्रुत प्रतिकार्य टोली परिचालन गरी स्थानीय तहहरू सँग समन्वय, सहकार्य तथा पैरवी गरी त्यस्ता रोगहरू नियन्त्रणमा ल्याउन पहल गरिएको ।
१३. प्रदेशभर महामारी निगरानीको लागि सर्भिलेन्स आउटब्रेब रेस्पोन्स म्यानेजमेन्ट एन्ड एनालाइसिस प्रणाली (SORMAS) लागू गरिएको ।
१४. स्वास्थ्य तालिम केन्द्रमा २५० क्षमताको सभाहल निर्माणको लागि शिलान्यास भई निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको ।
१५. गण्डकी प्रदेश सरकार मातहतका १२ वटै अस्पतालहरूको स्तरोन्नतिका लागि अध्ययन भई स्तरोन्नति गर्ने प्रक्रियामा रहेको ।
१६. जटिलतामा रहेका गर्भवती तथा सुत्केरी महिलाहरूको हेलिकप्टर मार्फत Air Lifting गर्ने कार्य निरन्तर रहेको उक्त कार्यक्रम थप व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि गण्डकी प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट “जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यविधि, २०८०” स्वीकृत भई प्रदेश राजपत्रमा प्रकाशन भएको । हालसम्म ६२ जना र गत आ व मा ६ जना एव चालु आ.व. मा १ जनाको हवाई उद्धार गरिएको ।
१७. कोभिड-१९ विरुद्धको बुस्टर डोज मात्राको खोप सेवा निरन्तर भएको ।
१८. गण्डकी प्रदेशका तोकिएका २८ वटा स्थानीय तहहरूमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयारी गरिएको ।
१९. लमजुङ अस्पताल, लमजुङमा “माइक्रोबायोलोजी कल्चर" सेवाको सुरुवात गरिएको ।
२०. धौलागिरि अस्पताल बाग्लुङमा अत्याधुनिक प्रविधिको सि.टि स्क्यान मेसिन जडान गरी सेवा सुचारु गरिएको ।
२१. गण्डकी प्रदेश सरकारका मा. मुख्यमन्त्रीज्यू, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका मा. मन्त्रीज्यू, प्रदेश नीति तथा योजना आयोगका मा. उपाध्यक्षज्यूको उपस्थितिमा एवं स्थानीय तहका प्रमुख/ अध्यक्ष/ उपप्रमुख/ उपाध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृतज्यूहरू एवं अन्य सरोकारवाला व्यक्तिहरूको सहभागितामा “गण्डकी प्रदेशका स्थानीय तहहरू बिच नव प्रवर्तनात्मक स्वास्थ्य कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम” सञ्चालन गरिएको ।
२२. गण्डकी प्रदेश स्वास्थ्य तालिम रणनीतिको मस्यौदा तयार भई स्वीकृतिको प्रक्रियामा रहेको ।
२३ प्रदेश भरीका जनताले सेवा पाउने गरी रगत तथा रगतजन्य पदार्थ नि:शुल्क ।
२४.बेनी अस्पतालमा बिहान ८ बजेदेखि राती ८ बजेसम्म ओपिडी सेवा नियमित रूपमा सञ्चालन ।
२५.पर्वत जिल्ला अस्पतालमा आमा घर सेवा सुचारु
२६.पहिले केही जिल्लामा मात्र मेसु रहेकोमा अहिले सबै ११ वटै जिल्लामा मेसु पठाएको ।
Share on Twitter