सर्लाहीको बरहथवामा स्वास्थ्य संस्था स्तरोन्नति सम्बन्धी विवाद , प्रहरीको गोली लागेर जयशंकर शाहको मुत्यु
काठमाडौ:सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर बरहथवा नगरपालिका ५ का ३० वर्षीय जयशंकर शाहको मुत्यु भएको छ ।
स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो । उनी बंगलादेशमा एमबीबीएस पढ्दै थिए । तर तीन वर्ष अगाडी बुवा बंगालीराम साहको निधन भएपछि उनी पढाई छाडे ।
उनी एक्लो छोरा भएकाले एमबीबीएस बन्ने सपना छाडेर बुवाले गरेको व्यावसाय सम्हाले । वडा नम्बर ५ मा उनको ’सर्लाही होटल’ संचालनमा छ ।त्यही होटल जाने क्रममा उनमाथि गोली लागेको थियो । टाउकोमै गोली लागेपछि सडकमा ढलेका उनको तत्कालै मृत्यू भयो । स्थिती नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यूपछि त्यहाँको अवस्था सुनसान छ । तर प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै सडकमै छ ।
Share on Twitter