मेडिकल काउन्सिलबाट विदा भए डा. अधिकारी
काठमाडौं:नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारी जिम्मेवारीबाट बाहिरिएका छन् । चार बर्षे कार्यकाल पुरा भएपछि उनी विदाई भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो रजिष्ट्रार अधिकारी सहित चार जना सदस्यहरुको पदावधि सकियो भन्ने व्यहोराको पत्र काउन्सिल अध्यक्ष प्राडा चोपलाल भुसाललाई पठाएको थियो ।
मन्त्रालयको पत्र पछि डा अधिकारीले आज काउन्सिल पुगेर रजिष्ट्रार पदको जिम्मेवारी छाडेको पत्र अध्यक्ष डा भुसाललाई बुझाएका हुन् ।
२०७६ पुस ७ गतेको मन्त्रिपरिषद् बैठकले चार जना सदस्य र रजिष्ट्रारको नियुक्ती गरेको थियो । सदस्यहरुको पदावधी ऐनमै चार वर्ष तोकिएको र रजिष्ट्रारको नतोकिएको तथा आफूलाई दिइएको नियुक्ती पत्रमा समेत सो कुरा उल्लेख नभएको भन्दै अधिकारीले आफ्नो कामलाई निरन्तरता दिएका थिए ।
Share on Twitter