सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुल्यो (पदसहित)
काठमाडौं:सशस्त्र प्रहरी बलमा विभिन्न पदमा भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ ।
सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर पदमा खुला ५० सहित ९१ जनाका लागि भर्ना खुलाएको हो ।
सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि पुस २० गतेदेखि माघ २१ गतेसम्म दरखास्त फारम बुझाउन सकिने छ । यस्तै माघ २२ गतेदेखि २८ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम बुझाउन सकिने सूचनामा उल्लेख छ ।

Share on Twitter