डा कृष्ण अधिकारीले काउन्सिल नछाडेपछि मन्त्रालयले पत्र पाठायो
काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीको कार्यकाल सकिएको जानकारी दिएको छ ।
मन्त्रालयले नेपाल मेडिकल काउन्सिलमा पत्र पठाउँदै डा अधिकारीलाई २०७६ पुस ७ गते चार वर्षका लागि नियुक्त गरिएको र उनको कार्यकाल समाप्त भइसकेको जानकारी दिएको हो ।
मन्त्रालयले काउन्सिलका अध्यक्ष डा चोपलाल भुसाललाई सम्बोधन गर्दै कार्यकाल सकिएको जानकारी गराउन भनेको छ। चार वर्षअघि डा अधिकारीसँगै नियुक्त भएका केही सदस्यले यसअघि नै राजीनामा दिइसकेका छन् भने बाँकी रहेका सदस्यहरु पनि कार्यकाल सकिए लगत्तै काउन्सिलबाट बिदा भइसकेका छन्। तर डा अधिकारी भने रजिष्ट्रारका रुपमा काम गरिरहेका छन्।

Share on Twitter