उठ्ने बित्तिकै मोबाइल हेर्नाले बढाउँछ तनाव
काठमाडौं:बिहान उठ्ने बित्तिकै आफ्नो फोन हेर्नु र सामाजिक सञ्जालमा आफूलाई अपडेट राख्नु वा समाचारको साथ ’ताजा’ रहनु सामान्य हुन सक्छ । यो प्राय फोन बोक्ने सबैको बानी हो ।
तर यदि तपाईँले बिहान उठ्ने बित्तिकै आफ्नो फोन जाँच गर्नुभयो भने, यो तपाईँको मानसिक स्वास्थ्यको लागि खतरनाक हुन सक्छ ।
तनावको सिकार हुन सक्छ
जब तपाईँ उठ्नुहुन्छ र आफ्नो फोनमा हेर्नुहुन्छ, तपाईँले विभिन्न प्रकारका सूचनाहरू देख्नुहुन्छ । जसमा धेरै प्रकारको जानकारीको सम्पर्कमा आउनुले तपाईमा तनावको भावना पैदा गर्न सक्छ ।
काम, सामाजिक सञ्जाल र समाचारसँग सम्बन्धित निरन्तर अपडेटहरूले तपाईंलाई दबाब र तनावपूर्ण वातावरणमा ल्याउन सक्छ।
निद्राको चक्र बिग्रन सक्छ
सुत्नु अघि र उठ्ने बित्तिकै आफ्नो फोनमा बस्दा तपाईको निद्रा चक्रलाई असर गर्न सक्छ। स्क्रिनबाट निस्कने नीलो प्रकाशले मेलाटोनिनको उत्पादनमा बाधा पुर्याउँछ ।
के हो मेलाटोनिन
मेलाटोनिन पाइनल ग्रन्थिले उत्पादन गर्ने एक हार्मोन हो । यसको मुख्य काम निद्रा व्यवस्थापन गर्नु हो । मेलाटोनिन हार्मोन घटबढ भएमा निद्रामा गडबडी हुन्छ । शरीरमा मेलाटोनिन हार्मोनको उत्पादन उज्यालोको समयमा कम हुन्छ भने अँध्यारोमा अर्थात् राति बढी उत्पादन हुन्छ ।
त्यसकारण मान्छेलाई दिउँसोभन्दा राति निद्रा धेरै लाग्छ । दिउँसोको उज्यालोमा पनि कोठामा झ्याल ढोका बन्द गरेर पर्दा लगाएर अँध्यारो बनाएर बस्दा पनि शरीरमा मेलाटोनिन उत्पादन बढ्छ, तर धेरैजसो अँध्यारोमा बढी उत्पादन हुन्छ ।
Share on Twitter