तेस्रो दिन पनि केएमसी छिर्न पाएनन् डा विशद,आवासीय चिकित्सकहरुको धर्ना आजपनि
काठमाडौं:काठमाडौँ मेडिकल कलेजका आवासीय चिकित्सकहरुले आजपनि धर्ना दिएका छन् । सहपाठी डा. विशद दाहाललाई कलेज प्रवेस गर्न नदिएपछि आवासीय चिकित्सकहरुले काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिडेट अगाडीको मुल सडकमा धर्ना दिएका छन् ।
काठमाडौं विश्वविद्यालयले निलम्बन स्थगन गरेपनि आवासिय चिकित्सक डा विषद् दाहाललाई कलेज प्रशासनले प्रवेशमा रोक लगाएको हो । उनीहरुले केएमसीका प्रिन्सिपल डा रतिन्द्रनाथ श्रेष्ठको राजिनामा माग्दै नाराबाजी समेत गरेका छन्। पुस १२ गते काठमाडौं मेडिकल कलेजले एक विज्ञप्ति जारी गर्दै आवासिय चिकित्सक डा विषद् दाहाललाई एक महिनाका लागि निलम्बन गरेको जनाएको थियो।
तर सो निलम्बन काठमाडौं विश्वविद्यालयले स्थगन गर्यो। केयूले डा दाहालको निलम्बन स्थगन गर्दै तीन दिन भित्र राय पेश गर्न मंगलबार पत्राचार गरेको थियो। तर कलेज प्रशासनले भने डा दाहाललाई अझै कलेजमा प्रवेश दिएको छैन।
केएमसीका प्रिन्सिपल प्राडा रतिन्द्रनाथ श्रेष्ठले भने कलेजको आन्तरिक मामिलामा डिन अफिस लागेको भन्दै उनले काटेको निर्देशनात्मक पत्र डस्टविनमा फ्याकिदिने बताएका थिए । यसैबीच केयुका डीन प्राडा मनोज हुमागाँई र केएमसीका अध्यक्ष डा सुनील शर्माबीच यसविषयमा चर्काचर्की भएको छ ।
सांसद समेत रहेका केएमसी अध्यक्ष शर्माले डा दाहाललाई आफ्नो कलेजमा पढाउन नसक्ने बताएका छन् । यता हुमागाईँले भने त्यसो गरेको खण्डमा केएमसीले आगामी सेसनमा पीजी सिट प्राप्त नगर्ने चेतावनी दिएका छन् ।
Share on Twitter