बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्रीको भूमिका छानबिन गर्न निर्देशन
काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलपछि समितिले कोरियाली भाषा परीक्षा दिन माग गर्दै युवाहरुले गरेको प्रदर्शनमा गोली चलेको घटनामा दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको हो ।
‘उक्त घटना घट्न श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयरमन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिने’, सभापति रामहरि खतिवडाले समितिको निर्णय सुनाउँदै भने ।
पानीजहाज निर्माणको कामका लागि दिएको भाषा परीक्षामा फेल भएकाहरुले उत्पादनमूलक कामका लागि लिइने भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका थिए । त्यही क्रममा शुक्रबार झडप भएको थियो ।
Share on Twitter