बालकुमारी घटना जाँचबुझ गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन
काठमाडौं:सरकारले ललितपुरको बालकुमारीमा भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गरेको छ ।
दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्ने पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको हो ।
आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन् । आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ ।
घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको सिफारिस गर्ने टीओआर तोकिएको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
Share on Twitter