बाँकेको नेपालगञ्जमा स्कर्पियोले ठक्कर दिँदा २ जनाको मुत्य
काठमाडौं:बाँकेको नेपालगञ्जमा स्कर्पियोले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको छ । एकजना घाइते भएका छन्।
सोमबार बिहान नेपालगञ्ज–१८ मा सूप ०१००१ च ६३४६ नम्बरको स्कर्पियोले ठक्क दिँदा २४ वर्षीया आस्था साह र पहिचान नखुलेका करिब ३० वर्षीय युवकको भएको हो।
२५ वर्षीया सहाना साह घाइते भएकी छिन्। घाईते साहको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ। ठक्कर दिने स्कर्पियोका चालक प्रहरीको नियन्त्रणमा छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Share on Twitter