सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प
काठमाडौं:सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार राति राति १० बजेर २१ मिनेटमा ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकमप मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको लिस्टिकोट रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा पनि महसुस भएको छ ।
Share on Twitter