बालकुमारी अपडेट : पाटन अस्पतालमा उपचाररत युवाको पनि मुत्यु
काठमाडौं:बालकुमारीमा भएको प्रदर्शनका क्रममा घाईते भएका अर्का युवाको पनि मुत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका युवा वीरेन्द्र साहको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा युवाहरुले प्रदर्शन गरेका हुन् । यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको पनि मृत्यु भएको थियो ।
रातउतलाई भने गोली नलागेको अस्पतालले जनाएको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।
भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।
Share on Twitter