बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना घाइतेको पाटन अस्पतालमा उपचार
काठमाडौं:ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
ती प्रदर्शनकारीको आईसीयूमा उपचार भइरहेको पाटन अस्पताले जनाएको छ । प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन ललितपुरमा प्रहरीले गोली चलाएको हो ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए ।
यस्तै आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।
Share on Twitter