बालकुमारीमा भएको आन्दोलनमा एक जना प्रदर्शनकारीको मुत्य
काठमाडौं:ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा एक जना प्रदर्शनकारीको मुत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले प्रदर्शन गरेका थिए ।
प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली समेत चलाएको थियो । जुम्लाका २३ वर्षीय सुजन राउतको उपचारको क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले बताए । उनले भने, ‘अस्पताल ल्याउँदा ल्याउँदै राउतको मृत्यु भइसकेको थियो । उनको छातीमा दाग देखिएको थिए । साथै शरीरमा निलो डाम समेत रहेको थियो । अस्पतालले केहीसमयपछि मृत घोषणा गरेको हो । ‘
उनका अनुसार प्रहरीको लाठी लागेको हुन सक्छ । अर्का घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले बताए ।
प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।
Share on Twitter