गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त
काठमाडौं:गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन्। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा. मल्ललाई निमित निर्देशकमा नियुक्त गरेका हुन् ।
पुस ६ गते कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो । डा. अधिकारीको कार्यकाल सकिएपछि मन्त्रालयमा गंगालालमा कसलाई निर्देशक बनाउने भन्ने विषयमा छलफल चलेको थियो ।
तर नाम टुंग्याउन नसकेपछि हाल डा. मल्ललाई निर्देशकको जिम्मेवारी दिइएको हो ।
Share on Twitter