तीन न्यायाधीशमाथि विस्तृत छानबिन हुने
काठमाडौँ : न्यायपरिषद्मा तानिएका तीन न्यायाधीशहरूमाथि विस्तृत छानबिन हुने भएको छ । उनीहरूमाथि गरिएको प्रारम्भिक छानबिनमा कैफियत देखिएपछि विस्तृत छानबिन गरिने भएको हो ।
यसरी विस्तृत छानबिन गरिने न्यायाधीशहरूमा अम्बिका निरौला, परशुराम भट्टराई र राजकुमार कोइराला रहेका छन् । छानबिनबारे आजै राजपत्रमा प्रकाशित गरिने भएको छ ।
छानबिनका लागि आनन्द मोहन भट्टराईको अध्यक्षतामा प्रकाशकुमार ढुंगाना, तिलप्रसाद श्रेष्ठ विज्ञ सदस्य रहने गरी समिति गठन गरिएको छ ।
न्यायाधीश अम्बिका निरौलाले अपहरणका अभियुक्तलाई भारतीय नागरिक भन्दै सफाइ दिएको आरोप छ भने परशुराम भट्टराईले पेस्तोलले गोली हानेका अभियुक्तलाई सफाइ दिएको आरोप छ । उता राजकुमार कोइरालाको इच्छाराज तामाङ प्रकरणमा वकिलसँग पैसा लेनदेनको अडियो सार्वजनिक भएको थियो ।
Share on Twitter