स्वास्थ्यमन्त्री जोशीको सराहनीय काम :नीतिमा सुधार जनतालाई राहत
काठमाडौं:बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहल गरेका छन् । उनले स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउन पहल गरिरहेका छन् । स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रीले गरेको केही प्रयासको चौतर्फी प्रशंसा समेत हुन थालेको छ ।
२०८० जेठ ७ गते मन्त्रीमा नियुक्त भएका जोशीले हुँदा खानेहरूको अवस्थालाई मध्यनजर गर्दै नीतिगत रुपमै सुधार गरेका छन् । भदौ १ गतेदेखि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहत रहेका १३ वटा प्रादेशिक अस्पतालहरूमा आइसियु, एनआईसियू र क्याबिन बाहेकका आठ सय ११ शैयाहरु नि:शुल्क गरेका छन् ।
यस्तै प्रदेशका सबै अस्पतालहरूमा विपन्न नागरिकका लागि कुल शैयाको १० प्रतिशत छुटाइएको छ । उनको यो कदमको सबैले खुलेरै प्रशंसा गरेका छन् । गरिब नागरिक कसैले पनि उपचारको अभावमा मुत्युवरण गर्न नपरोस् भन्नेमा प्रदेश सरकार सचेत र गम्भीर रहेको मन्त्री जोशीको भनाइ छ ।
ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि नि:शुल्क हवाई उद्धार सम्बन्धी कार्यविधि समेत मन्त्रीपरिषद्बाट स्वीकृत गराएका छन् । जसले गर्दा दुर्गममा रहेका वा जोखिममा परेका गर्भवती तथा सुत्केरीहरूलाई राहत मिल्ने छ । छिटो अस्पताल पुर्याएर महिलाको ज्यान बचाउन यो कार्यविधि स्वीकृत गरिएको बताइएको छ । पाँच महिनाको अवधिमा उनले प्राथमिकताका आधारमा काम गरिरहेको बताए।
जनताबाट आएका सुझावलाई मनन गर्दै काम गर्ने उनको भनाइ छ ।आफ्नो पहिलो प्राथमिकता नै नागरिकको स्वास्थ्य भएकाले प्रदेशभित्रका जनताले सहजता महसुस गर्ने गरी काम गर्ने बताए ।
१ ) सबै अस्पतालहरुमा विपन्न असहाय, बेवारिसे बिरामीको लागि कुल शैयाको १० (दश प्रतिशत शैया छुट्याई
निःशुल्क रुपमा कार्यान्वयन ।
२) बागमती प्रदेशमा सञ्चालन रहेका सबै सरकारी निजी, सहकारी तथा सामुदायिक अस्पतालहरुमा सवारी पार्किङ
निःशुल्क रुपमा कार्यान्वयन भएको ।
३) बागमती प्रदेशका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुबाट Rehabilitation Services / Physiotherapy सेवा मिति २०८० भाद्र १ गते देखि निःशुल्क उपलब्ध गराउन सुरुवात ।
४ ) प्रदेशमा बसोवास गर्ने लोपोन्मुख तथा सिमान्तकृत जातिहरु, आश्रममा आश्रित असहाय नागरिकहरुको स्वास्थ्य बिमा
हालसम्म ६३७ परिवार संख्या आबद्ध भएका छन् । जसका लागि रु.२५,८६,५०० (रु. अक्षरुपी पच्चीस लाख
छयासी हजार पाँच सय रुपैया बराबरको रकम योगदान ।
५ ) मिति २०५० असार १६ गते देखि जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलको सेवा स्वास्थ्य कार्यालय चितवनमा सेवा
इकाइको रुपमा विस्तार गरी हाल सम्म ६२३ जना लाई सेवा प्रदान ।
६) स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट बकुलहर अस्पताल, चितवन, रामेछाम अस्पताल, रामेछाप, चौतरा अस्पताल,
सिन्धुपाल्चोक, सिन्धुली अस्पताल, सिन्धुली, पशुपति चौलगाई स्मृति अस्पताल दोलखा र रसुवा अस्पताल, रसुवा गरी
७ वटा अस्पतालहरुमा शब बहान वितरण ।
७). स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट २५ लाख बराबरको एन्टी हेमोफेलिक फ्याकटर वितरण ।
८)स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट करिब १० लाख बराबरको Anti-Rabies Vaccine खरिद गरी वितरण
।
९) अति आवश्यक निःशुल्क औषधीहरु स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत बागमती प्रदेशका १३ वटै अस्पताल
र स्वास्थ्य कार्यालयमार्फत स्थानिय तहमा वितरण ।
१०) स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाको परिसरमा शयोमेडिकल इकिप्मेन्ट वर्कसप स्थापना ।
११)स्वास्थ्य तालिम केन्द्रमार्फत ८३१ जना चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीहरुलाई विभिन्न स्वास्थ्य तालिम
प्रदान गरिनुको साथै २६ जना स्वास्थ्यकर्मीहरुलाई सर्पदंश उपचार व्यवस्थापन सम्बन्धी तालिम दिइएयो ।
१२) स्वास्थ्य मन्त्रीको नेतृत्वमा लगातार प्रयास पश्चात् प्रदेश सरकारको कुल बजेटको ६.५% स्वास्थ्यमा
विनियोजित गर्न सफल ।
१३) मन्त्री तथा माननीय मुख्यमन्त्री समेतको पहलमा प्रदेशका विषयगत मन्त्रालयहरुले तर्जुमा गर्ने नीति तथा रणनीतिहरूमा स्वास्थ्यका निर्धारकहरु सम्बोधन हुने गरी निर्माण गर्नका लागि विभिन्न विषयगत मन्त्रालय तथा सरोकारवाला निकायहरुको सहभागितामा "सबै नीतिमा स्वास्थ्य (Health in all Policy) निर्देशिका" को मस्यौदा तयार ।
१४) बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक मिति २०८०/०४/२२ गते बसी उठेका सवालहरुलाई प्रदेशस्तरीय विकास समस्या समाधान समिति र राष्ट्रिय विकास समस्या समाधान समितिमा सिफारिस ।
१५) मन्त्री जाेशीको पहलमा प्रदेश स्वास्थ्य नीति तर्जु गर्ने प्रक्रिया दुर्त रुपमा अघि बढाइएको ।
१६) स्वास्थ्य मन्त्रालयको वार्षिक नीति तथा कार्यक्रम "स्वास्थ्य मन्त्रालय तथा मातहतका कार्यालयहरुबाट सञ्चालन गरिने कार्यक्रम कार्यान्वयन मार्गदर्शन २०८०/८१. मिति २०६०/०४/३१ र स्थानीय तहबाट सञ्चालन गरिने सशर्त अनुदान अन्तर्गतका वार्षिक कार्यक्रम कार्यान्वयन मार्गदर्शन, २०५०/८१ मिति २०८०/०५/०८ मा स्वीकृत भई कार्यान्वयनमा गएको ।
१७) ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निः शुल्क हवाई उद्धार सम्बन्धी कार्यविधि,२०८०" मन्त्रीपरिषद्बाट मिति २०६०/०५/०५ मा स्वीकृत भएको ।
१८) मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उच्च स्तरको स्वास्थ्य जनशक्ति उत्पादनको लागि चिकित्सा शिक्षाआयोगसँग आवश्यक समन्वय र सहजिकरण गरेको ।
१९) बागमती प्रदेशमा डेंगु रोगको विद्यमान अवस्था, डेंगु रोगको निदान, व्यवस्थापन, रोकथाम तथा नियन्त्रणको लागि पूर्व तयारी सम्बन्धमा स्वास्थ्य कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र र स्वास्थ्य निर्देशनालय तथा पत्रकारहरुसँग मिति २०५०/०४/०२ गते अन्तर्किया कार्यक्रम गरी समुदाय स्तरमा डेंगु सार्न सक्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान कार्यान्वयनमा ल्याइएको ।
२०) बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट धादिङ जिल्लामा डेंगु केस व्यवस्थापन, रोकथाम र नियन्त्रण र सम्बन्धीत सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम तथा विभिन्न पालिका तथा धादिङ अस्पताललाई जम्मा २००५ डेंगु किट हस्तान्तरण ।
२१) जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक अस्पतालहरुमा निःशुल्क रुपमा डेंगु परिक्षण गर्ने व्यवस्था गरिएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट सबै जिल्लाहरुमा जम्मा ८९०० डेंगु किट विचरण गरिएको ।
२२) मन्त्रीज्यूले सिन्धुली जिल्लाको पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु भएको ।
२३) मन्त्री जाेशीद्वारा अस्पतालको गुणस्तर सुधारका लागि विभिन्न प्रादेशिक अस्पतालहरु | सिन्धुली अस्पताल, सिन्धुली, त्रिशुली अस्पताल, नुवाकोट बकुलहर रणनगर अस्पताल, चितवन, वज्रवाराही मापागाउँ अस्पताल, ललितपुर, भरतपुर अस्पतल, बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल, ख्वप अस्पताल, भक्तपुरको अनुगमन गरी अस्पतालको सेवा सुदृढीकरण तथा गुणस्तरिय सेवा प्रभावकारी रुपमा प्रवाह गर्न निर्देशन ।
२४) स्वास्थ्य मन्त्रालय तथा मातहातका कार्यालयहरुमा चालु आ.ब. २०८०/८१ मा ६२८ जना कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गरिएको । साथै थप १३० जना करारमा जनशक्ति हेटौडा अस्पतालमा अस्थायी दरबन्दी स्वीकृत गरी विज्ञापन खुलाइएको ।
२५) निजी स्वास्थ्य संस्थाहरुको दर्ता नविकरण तथा स्तरोन्नतिको लागि सफ्टवयर निर्माण भई कार्यान्वयनको प्रक्रियामा
रहेको ।
२६) स्वास्थ्य मन्त्रालय र मातहतका अस्पतालहरुमा भएका औजार उपकरणहरुको उपलब्धता, भौतिक अवस्था र सो प्रयोग गर्ने जनशक्तिको उपलब्धता लगायतको स्थलगत अनुगमन गरी अनुगमन टोलीले प्रतिवेदन पेश गरेको ।
२७) बकुलर रलनगर अस्पताल चितवनमा २०८०/०२/२४ गते माननीय मन्त्रिज्यूबाट ICU सेवा ५ वेड। सुभारम्भ
भएको ।
२८) स्वास्थ्य निर्देशनालयद्वारा ८ वटा जिल्लामा १५३ जनालाई आङ खस्ने समस्याको शल्यक्रियाद्वारा र उपचार गरिएको ।
२९) पाचँ अस्पतालहरुमा (धादिंङ अस्पताल, सिन्धुली अस्पताल, रामेछाप अस्पताल, रसुवा अस्पताल र त्रिशुली अस्पताल) टेलिमेडिसिन सेवाका लागि उपकरण जडान भई प्राविधिक परिक्षणको क्रमको रुपमा रहेको ।
३०) बागमती प्रदेशमा पहिलो पटक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मकवानपुरबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard ) कार्यक्रम सुरुवात ।
३१) स्वास्थ्यकर्मीहरुलाई (१४० जना चिकित्सक / नर्स / प्यारामेडीक्स) लाई आकस्मिक स्वास्थ्य सेवा र आधारभूत
स्वास्थ्य सेवाको अभिमुखीकरण गरिएको ।
Share on Twitter