उद्योगहरूको विद्युत् काटेकोमा ओलीको असन्तुष्टि
काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगहरूमा विद्युत् लाइन काटेकोमा असन्तुष्टि जनाएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा अध्यक्ष ओलीले सरकारले उद्योगहरूको डेडिकेटेड लाइन काटेकोमा सरकारको बेथिति रहेको बताए ।
‘डेडिकेटेड लाइन जोडेको छ विद्युत् दिएको छैन भने के को पैसा लिने रु उद्योगी व्यवसायी तड्पिइरहेका बेला लाइन काटिदिने रु’, अध्यक्ष ओलीले भने, ‘खपत गरेको विद्युतको महसुल लिने सम्झौताअनुसार लिनुपर्छ तर सम्झौता एकातिर छ काम अर्कोतिर हुनुहुँदैन ।’
Share on Twitter