एनसीडीए भक्तपुर जिल्ला अध्यक्षमा नारायण प्रसाद भुसाल
काठमाडौं:नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को भक्तपुर जिल्ला शाखा अध्यक्षमा नारायण प्रसाद भुसाल निर्वाचित भएका छन् ।
शनिबार भएको तेश्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशनले भुसालको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।जसको वरिष्ठ उपाध्यक्षमा विनोद प्रसाद सापकोटा चयन भएका छन् भने उपाध्यक्ष थोक तर्फ किरण माकजु श्रेष्ठ र उपाध्यक्ष खुद्रा तर्फ सीताराम खाईतु चयन भएका छन् ।
यस्तै महासचिवमा सञ्चर सिंह तामाङ्ग भयन भएका छन् । कोषाध्यक्षमा चेतन शाक्य चयन हुँदा सचिवमा कपिल कसपाल चयन भएका हुन् ।उप कोषाध्यक्षमा तर्ण बहादुर श्रेष्ठ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा कृष्ण राज बुढाथोकी,मणिराज श्रेष्ठ ,रोहित मानन्धर, शर्मिला लोहला , सुनिल कोजु चयन भएका छन् भने मुरारी नेपाललाई सदस्यमा मनोनित गरेको जनाइएको छ ।
Share on Twitter