कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले फाराम भरे
काठमाडौं:ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन्। पुस २ गतेदेखि ६ गतेसम्म दिईएको फाराम भर्ने समयमा उक्त सङ्ख्यामा अनलाइन मार्फत फाराम भरेको ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले जानकारी दिए ।
उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका हुन्। यसमा सीप विल्डङकम लागि आवेदन दिएर परीक्षामा अनुउत्तिर्ण भएका २८ हजार भन्दा बढीले फाराम भर्न पाएका छैनन्।
उनीहरूलाई समेत फाराम भर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशपछि उनीहरूलाई समेत फाराम भर्न दिइनेछ। उनीहरूले समेत फाराम भरेको खण्डमा आवेदन दिनेको सङ्ख्या १ लाख ७२ हजार भन्दा माथि पुग्नेछ।
Share on Twitter