मधेस प्रदेशमा स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर
काठमाडौं : मधेस प्रदेशले विभिन्न पदमा १ सय ६० जना स्वास्थ्यकर्मी माग गरेको छ । मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गरी छैटौँ तहदेखि नवौँ तहसम्मकालागि करार सेवामा स्वाथ्यकर्मी माग गरेको हो ।
सबैभन्दा धेरै मेडिकल अधिकृत २८ जना मागिएको छ । नर्सिङ अधिकृत ६, अस्पताल व्यवस्थापक ३, फार्मेसी अधिकृत ६ र फिजियोथेरापिस्ट ६ गरी सातौँ तहमा २१ जना मागिएको छ ।
छैटौँ तहमा अप्टोमेट्रिस्ट ६ जना माग गरिएको छ । इच्छुकलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । माग गरिएको जनशक्ति मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल जनकपुर बाहेकमा प्रादेशिक अस्पतालका लागि भएको सूचनामा उल्लेख छ ।

Share on Twitter