डा मेघनाथ धिमाल इन्टरनेशनल साइन्स काउन्सिलको फेलोमा मनोनित
काठमाडौं:नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा कार्यरत डा मेघनाथ धिमाल इन्टरनेशनल साइन्स काउन्सिलको फेलोमा मनोनित भएका छन्।
काउन्सिलले डा धिमाल सँगै विश्वभरका विज्ञान र अनुसन्धानको क्षेत्रमा काम गर्ने एक सय जनालाई मनोनित गरेको छ। काउन्सिलले नयाँ फेलोहरूबाट विज्ञानको दृष्टिकोणलाई विश्वव्यापी सार्वजनिक हितको रूपमा अगाडि बढाउन मद्दत गर्ने विश्वास लिएको छ।
मनोनित भएका नयाँ फेलोहरूमा विज्ञान र समाजमा प्रभावकारी योगदान गरेका सामाजिक र प्राकृतिक वैज्ञानिकहरू, इन्जिनियरहरू तथा अन्य योगदानकर्ता रहेका काउन्सिलद्वारा जारी सूचनामा उल्लेख छ।
Share on Twitter