इक्यान चितवन अध्यक्षमा दिपक चन्द्र भट्टराई निर्वाचित
काठमाठौं:नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को चितवन शाखा अध्यक्षमा दिपक चन्द्र भट्टराई निर्वाचित भएका छन् । ७ औं अधिवेसनले भट्टराईको नेतृत्वमा कार्यसमिति निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा प्रज्वल पौडेल, सचिवमा सुजन थापा क्षेत्री, कोषाध्यक्षमा लक्ष्मण कंडेल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा मेघराज कंडेल,सन्तोष लोहनी,उज्वल आचार्य, टंक प्रसाद ओझा निर्वाचित भएको जनाइएको छ ।
Share on Twitter