रूप परिवर्तन गर्दै कोरोना, सजग रहन विश्व स्वास्थ्य संगठनको आग्रह
काठमाडौं:कोरोनाको नयाँ सबभेरिएन्ट ‘जेएन वान’ बारे सजग रहन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको भिडियो सन्देश जारी गर्दै श्वासप्रश्वाससम्बन्धी रोगहरू र कोरोनाको नयाँ सबभेरिएन्टबाट सजग रहन आग्रह गरेकी हुन् ।
उनले त्यस भिडियोमा श्वासप्रश्वाससम्बन्धी रोग सर्ने कारणहरू बताउनुका साथै त्यसबाट बच्न के–कस्ता सावधानी अपनाउनुपर्ने जानकारी पनि दिएकी छिन् ।
अहिले पनि कोरोना भाइरस फैलिरहेको र ६८ प्रतिशत कोरोना संक्रमित सबभेरिएन्ट जेएन १ बाट भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रहरूलाई मास्क र सामाजिक दूरीसम्बन्धी नियमहरू लागू गर्न र कडा अनुगमन गर्न पनि आग्रह गरेको छ ।
Share on Twitter