‘पेन किलर’ औषधि ‘मेफ्टाल’को प्रतिअसरबारे सतर्कता अपनाउन भारत सरकारको चेतावनी
काठमाडौं: भारत सरकारले नेपालमा समेत बिक्री भइरहेको भारतिय औषधी ‘मेफ्टाल’को प्रतिअसरबारे सतर्कता अपनाउन भनेको छ।
भारत सरकारको ‘इन्डियन फर्माकोपिया कमिसन’ले एक सुचना जारी गर्दै सामान्य दुखामा समेत प्रयोग भइरहेको ‘पेन किलर’ मेफ्टाल’ औषधिको प्रयोगबारे सतर्कता अपनाउन भनेको हो।
कमिसनले औषधि ‘मेफ्टाल’ले एसिड ड्रेस सिन्ड्रोम जस्ता गम्भीर एलर्जी गराउन सक्ने भन्दै त्यसैले औषधिको प्रयोगमा सतर्कता अपनाउनु महत्वपूर्ण भएको बताइएको छ।
औषधि सुरक्षा तथा समस्याहरूको पहिचान बारे अध्ययन गर्ने भारतीय सरकारी संस्था ‘फार्माकोभिजिलेन्स प्रोग्राम अफ ईन्डिया ९पीभीपीआई०को बिश्लेषण गरी दिइएको सुझाव अनुसार सरकारले यो कदम चालेको हो।
त्यसैले यस्ता मेफ्टल जस्ता गैर–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधि सेवन अघि अनिवार्यरुपमा डाक्टरसँग परामर्श लिन समेत अनुरोध गरेको छ।
भारत मात्र हैन नेपाल मा समेत जसमा महिनावारीको दुखाइ, टाउको दुखाइ, मांसपेशी र जोर्नीको दुखाइ कम गर्न तथा बच्चाहरूको उच्च ज्वरोमा समेत प्रयोग गरिन्छ।
मेफ्टल जस्ता औषधिहरूको लामो समय सम्म प्रयोगले पेटमा अल्सर (घाउ) , रक्तस्राव र यो सँग सम्बन्धित जटिलताको जोखिम बढाउन सक्छ भन्दै यसको प्रयोगले मुटु र मृगौलालाई पनि हानी पुर्याउन सक्ने बताइएको छ।
Share on Twitter