वार्षिक उत्सवमा मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिकको अफर
काठमाडौं:मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक संचालनमा आएको एक बर्ष पुगेको छ । काठमाडौंको चुच्चेपाटीमा रहेको मिराकलले पहिलो बार्षिक उत्सबको अवसरमा निशुल्क परिक्षण सेवा उपलब्ध गराउने भएको छ ।
मंसिर २२ गते शुक्रबार बिहान १० बजेदेखि साझ ५ बजेसम्म निःशुल्क परिक्षण सेवा उपलब्ध गराउन लागेको मिराकल स्किन एण्ड हेयर क्लिनिकका संस्थापक तथा निर्देशक डा मोहन भुसालले बताए ।

शुक्रबार निशुल्क कपाल प्रत्यारोपण र छाला कपाल तथा सौन्दर्यबारे निशुल्क परामर्श दिइने जनाइएको छ । यस्तै क्यामिकल पिलिङ र स्किन एनालाईसिस सेवा निः शुल्क दिन लागेको जनाइएको छ ।
मिराकलमा छालाजन्य संक्रमणको उचित परामर्श एवं उपचारको लागि अन्तराष्ट्रियस्तरको सुविधा रहेको छ यस्तै कपाल प्रत्यारोपण, चाया, पोतो, डन्डिफोर, कोठी, मुसा, एलर्जी, चाउरी पर्ने, नङसम्बन्धी सम्पूर्ण रोग, कपाल सम्बन्धी सम्पूर्ण रोग, दाद, कालोपोतो मोटोपन घटाउने र लेजर सेवा तथा सम्पूर्ण छाला यौन सम्बन्धी रोगहरुको सेवा दिदै आएको छ ।
Share on Twitter