बागमती प्रदेशको स्वास्थ्य सचिवमा दिपक तिवारी नियुक्त
काठमाडौं:स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको सचिवमा दिपक तिवारी नियुक्त भएका छन् । आज बसेको मन्त्री परिषद्को बैठकले उनलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयपछि तिवारीले आजै अपरान्ह मन्त्रालय गएर कार्यभार सम्हालेका छन् । १२ मंसिरको मन्त्रिपरिषद्को बैठकले यसअघिका सचिव बद्री बहादुुर खड्कालाई मुख्य मन्त्री कार्यालयमा तानेपछि तिवारीले निमित्तको जिम्मेवारी पाएका थिए ।
Share on Twitter