गृहमन्त्री श्रेष्ठको मुटुमा फेरि समस्या, एन्जिओप्लास्टी गरियो, स्वास्थ्य स्थिर
काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो । गृह मन्त्रालयका अनुसार अहिले उनको अवस्था स्थिर छ ।
मन्त्री श्रेष्ठको मुटुको देव्रे नसा (left Anterior Descending Coronary Artery) को एन्जिओप्लास्टी गरिएको उनको सचिवालयका एक सदस्य विजय गौतमले जानकारी दिए ।
मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा डा। अरुण मास्के सहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको र मन्त्री श्रेष्ठ सघन उपचार कक्षमा उपचाररत रहेको उल्लेख छ ।
Share on Twitter