चिकित्सा शिक्षा तर्फ स्नातक तहको पहिलो म्याचिङ नतिजा सार्वजनिक
काठमाडौं : चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातक तहको पहिलो म्याचिङ नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत १८ देखि २२ कात्तिकसम्म सञ्चालन गरेको परीक्षा पछि २३ देखि २५ कात्तिक सम्म प्रकाशित नतिजाको योग्यताक्रम र आरक्षण समूहहरुको योग्यताक्रम रहेकाहरुलाई गत ८ मंसिरमा सूचना प्रकाशित गरी शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गर्न भनेको थियो ।
उनीहरुले छनौट गरेको शिक्षण संस्था र शैक्षिक कार्यक्रमलाई नतिजा अनुसार प्राथमिकतामा पारेर म्याचिङ नतिजा सार्वजनिक गरेको हो ।
Share on Twitter