नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा चोपलाल भुसाल नियुक्त
काठमाडौं:नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा चोपलाल भुसाल नियुक्त भएका छन्।
मन्त्रिपरिषदको गत १३ गतेको बैठकले नाक कान घाँटी रोग विशेषज्ञ समेत रहेका प्राडा भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि अध्यक्ष रहेका प्राडा भगवान कोइरालाको चार वर्षे पदावधी १८ कात्तिक देखि देखि सकिएको थियो । भुषालले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षको समेत जिम्मेवारी पाएका थिए । उनी नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष समेत हुन् ।
Share on Twitter