चिकित्सा शिक्षा आयोगले लिन लागेको प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित
काठमाडौं:चिकित्सा शिक्षा आयोगको रिक्त रहेका निर्देशक पदकालागि आज लिने भनिएको प्रस्तुतिकरण र अन्तर्वार्ता स्थगित भएको छ ।
नाम सिफारसि समितिले आज तीन चरणमा लिने गरी बनाएको तालिका सार्वजनिक गरेको थियो। चार वटा निर्देशकको पदका लागि सर्ट लिस्टमा परेका १२ जनालाई आजकालागि बोलाइएको थियो तर अन्तिम समयमा आएर स्थगित भएको हो । प्रस्तुतिकरण र अन्तर्वार्ता स्थगन गर्नुको कारण भने खुलाइएको छैन।
सर्ट लिस्टको नाममा नै विरोध गर्दै आइतबार नै सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतको आदेशक कुर्नका लागि स्थगन गरिएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
नाम सिफारसि समितिले आवेदन दिएका २० जनामध्ये सबैको विवरण अध्ययनपछि उच्च नम्बर प्राप्त गर्ने १२ जनालाई सर्ट लिस्ट गरेको थियो। सर्ट लिस्टमा परेका १२ जनामध्ये प्रस्तुतीकरण र अन्तर्वार्तामा उत्कृष्ट नम्बर ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन्।

Share on Twitter