चिकित्सा शिक्षा आयोगको ४ निर्देशक पदका लागि १२ जनाको नाम प्रारम्भिक छनोटमा
काठमाडौं:चिकित्सा शिक्षा आयोगको रिक्त रहेको चार वटा निर्देशकको पदका लागि १२ जनाको नाम प्रारम्भिक छनोटमा परेको छ ।
आयोगको निर्देशक पदमा नाम सिफारिस गर्न गठित समितिले सूचना निकालेर आवेदन दिएका २० जनामध्ये प्रारम्भिक छनोटमा परेका १२ जनाको नाम सार्वजनिक गरेको हो । प्रारम्भिक छनोटमा परेकालाई मंसिर १८ गते अन्तरर्वाता र प्रस्तुतिकरणकालागि बोलाएको छ ।
यसअघि निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले अघिल्लो मंगलबार सूचना निकाल्दै ७ दिनभित्र आवेदन दिन भनेको थियो।
समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।

Share on Twitter