स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा मुक्ति र जुनु मनोनित
काठमाडौं:स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्ड सदस्यमा दुई जनालाई मनोनयन गरेका छन् । मन्त्री बस्नेतले गत ८ मंसिरमा मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डमा रिक्त रहेका पाँचमध्ये दुई जनालाई मनोनयन गरेका हुन्।
मनोनित हुनेमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ र आँखा स्वास्थ्यका क्षेत्रमा सक्रिय जुनु श्रेष्ठ रहेका छन् । मनोनित सदस्यहरुको पदावधी चार वर्षको हुनेछ ।
सरकारले गत बुधबार मात्रै स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनीलाई नियुक्त गरेको थियो ।
Share on Twitter