पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तन क्यान्सरविरुद्धको राइबोसाईक्लिब औषधि निःशुल्क
काठमाडौं:पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका बिरामीहरुलाई निःशुल्क औषधि दिने भएको छ । क्यान्सरविरुद्धको राइबोसाईक्लिब औषधि निःशुल्क बितरण गर्न सुरु भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले जानकारी दिए ।
यो औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने उनको भनाइ छ । उनले भने ‘यो औषधि महिनाको २१ दिन प्रयोग गर्नुपर्छ फेरी एक हप्ता छोड्ने र फेरी अर्को महिना २१ दिन सेवन गर्ने गर्नुपर्छ ’ किमो थेरापीको विकल्पमा स्तन क्यान्सर भएकाहरूलाई यो औषधि दिइने उनले बताए ।
यो औषधि २१ दिनको एक लाख भन्दा बढी मूल्य पर्ने जनाइएको छ । नेपाली नागरिकले यो सेवा लिन सक्ने जनाइएको छ । अस्पतालबाट दुई जनाले सेवा लिइसकेका छन् ।
Share on Twitter