नेपालमा एड्सबाट हुने मृत्यु ८० प्रतिशतले घट्यो : मन्त्री बस्नेत
काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एड्सबाट हुने मृत्यु ८० प्रतिशतले घटेको दाबी गरेका छन् । ३६ औं विश्व एड्स दिवसका अवसरमा शुभकामना दिदै मन्त्री बस्नेतले नेपालमा सन् २०१० देखी २०२२ सम्ममा नयाँ एचआईभी संक्रमण दर करिब ७७ प्रतिशतले घटेको छ र एड्सबाट हुने मृत्यु ८० प्रतिशतले घटेको उल्लेख गरेका छन् ।
एचआईभीका कार्यक्रमहरुलाई थप प्रभावकारी गराउन र हाल गरिरहेका कार्यक्रमहरुलाई सुदृढीकरण गर्न समुदायको अर्थपुर्ण सहभागिता र सहकार्य अति आवश्यक रहेको उनको भनाइ छ ।
यस वर्ष डिसेम्बर १ तारिखका दिन “समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौ” भन्ने मूल नाराका साथ विश्व एड्स दिवस मनाइदै छ।

Share on Twitter