त्रिविको गैर जिम्मेवारी : विद्युतलाई देखाएर सेवा ठप्प
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको त्रिवि पाठ्यक्रम विकास केन्द्रको गैर जिम्मेवारीपनका कारण सेवाग्राही मर्कामा परेका छन् । बिजुली नभएको कारण देखाउँदै दुई दिनदेखि केन्द्रको सेवा ठप्प छ ।
काठमाडौँ बाहिरबाट सेवा लिन पुगेका विद्यार्थीहरू दुई दिनदेखि अलपत्र परेका छन् । एक विद्यार्थीले नाम नखुलाउने सर्तमा भने ‘ म तनहुँ बाट आएको हो हिजो देखि बिजुली छैन भन्ने कुरा आयो । काम नै भएन । कहिले हुन्छ भनेर सोध्दा यहाँका कर्मचारीले टुङ्गो नै नभएको बताए , टाढा बाट आएको अब के गर्ने गर्ने भए होटेल खोजेर बस्नुपर्ने भयो ’
यस्तै अर्का सेवाग्राहीले पनि नाम टिपाएको बताए । उनले भने ‘ना टिपेर राखेका छन् कहिले हुन्छ भन्दा हामी आफै फोन गछौँ भनेका छन् । यस्तो छ ताल कसरी राम्रो होला टियु ’ अर्का विद्यार्थीले टियुको गैर जिम्मेवारीपन कै कारण विद्यार्थीको संख्या घट्न थालेको बताए ।
कुनै सूचना नै नगरी सेवा बन्द गर्दा मारमा परेको उनीहरूको भनाई छ । यसबारे हामीले पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा राखिएको ०१४३३०८५६ मा सम्पर्क गर्दा फोन उठ्न सकेन । पटक पटक फोन गर्दा समेत फोन उठेन । साथै सेवा बन्द बारे कहीँ पनि सूचना नराखेको पाइएको छ । वेबसाइट र वेबसाइटमा लिङ्क गरिएको फेसबुक पेज को अन्तिम अपडेट फेवरुरी ३ मा भएको देखिन्छ ।

सूचना नभएका कारण टाँडाटाँडा देखी विद्यार्थीहरू सेवा लिन उक्त कार्यालय पुगेका छन् । तर काम नभएपछि फर्कनुपरेको उनीहरूको गुनासो छ । पाठ्यक्रम विकास केन्द्रको अधिकार क्षेत्र

Share on Twitter