टेकु अस्पतालको निर्देशक बने डा. युवानिधि बसौला
काठमाडौं:शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. युवानिधि बसौला नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले आइतबार डा. बसौलालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन्।
यसअघि कान्ति बाल अस्पतालको निर्देशक समेत भएर काम गरेका बसौला बालरोग विशेषज्ञ हुन् । डा. बसौला टेकु अस्पतालको निर्देशक भएसँगै टेकु अस्पतालको निर्देशक रहेकी डा. मनिषा रावल सरुवा भएकी छन् ।
डा. रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ । यता सार्क क्षयरोग केन्द्रका निर्देशक डा. रोशन न्यौपाने वीर अस्पतालमा सरुवा भएका छन् ।
Share on Twitter