स्वास्थ्य सेवालाई हुँदा खाने वर्ग सम्म पुर्याउनुपर्छ : स्वास्थ्य मन्त्री उत्तम जोशी
काठमाडौं : वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य सेवालाई सहज र सरल बनाउनुपर्ने बताएका छन् ।
नेपाल चिकित्सक संघको आयोजनामा आइतबारदेखि राजधानीमा सुरु भएको तेस्रो एनएमए नेशनल हेल्थ समिटको उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आफूले विद्यार्थी राजनीतिदेखि नै स्वास्थ्य सेवालाई हुनेखाने वर्गमा मात्र सीमित नराखी हुँदा खाने वर्ग सम्म पुर्याउनुपर्छ भनेर आन्दोलन गरेको स्मरण गराए । आज आफू काम गर्ने ठाउँमा पुगेको बताउँदै हिजो आफूले उठाएका मुद्दा स्थापित गर्न लागेको बताए ।
स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र सरल बनाउन आफू प्रयासरत रहेको उनको भनाइ छ । सोझो ढङ्गबाट काम गर्दा पनि आफूमाथि विभिन्न आरोपहरू आएको उनले सुनाए ।
आफू संलग्नै नभएको बिषयमापनि आरोप लाग्नु दुखद भएको उनको भनाइ छ ।प्रमाणबिना कसैको चरित्रहत्या नगर्न समेत उनले सुझाए ।
उनले भने’सामान खरिद गर्ने पैसा नछुट्याको सांसद लगायत डेलिगेसन आउँछन्, बजेट छुट्टायो मन्त्रीको नाम जोडेर समाचार आउँछ।’ मन्त्री जोशीले स्वास्थ्य क्षेत्रको सुधारकालागि तिनै तह एकजुट हुनुपर्ने भनाइ राखे ।
Share on Twitter