नेपाल प्रहरीका २६ कर्मचारी सम्पर्कविहीन,सात दिनभित्र हाजिर हुन अनुरोध
काठमाडौं:नेपाल प्रहरीले सम्पर्कमा नरहेका २६ प्रहरीलाई सात दिनभित्र कार्यालयको सम्पर्कमा आउन अनुरोध गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले आज सूचना जारी गर्दै सम्पर्कमा नरहेका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन भनेको हो ।
सात दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।

Share on Twitter