विदाको दिन पनि विरामी भेट्न मन्त्री बस्नेत वीर अस्पतालमा
काठमाडौं: विदाको दिन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत विरामी भेट्न वीर अस्पताल गएका छन् । शनिबार सार्वजनिक विदाको दिन उनी सधै कुनै न कुनै परोपकारी समाजिक काममा व्यस्त हुन्छन ।
शनिबार बिहान उनी वीर अस्पतालमा उपचार गराईरहेका कलेजोको विरामीहरुको स्वास्थ्य अवस्था र उपचार सेवाका विषयमा जानकारी लिन वीर पुगेका हुन ।
वीर अस्पतालको लिभर वार्डमा उपचार गराई रहेका विरामीहरुसँग भलाकुसारी गरेर उनीहरुको रोग निको पार्न के के गर्न सकिन्छ भन्ने बिषयमा मन्त्री बस्नेतले वीरका चिकित्सकहरुसँग परामर्श गरेका थिए । मन्त्री बस्नेतका साथै न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेत, वीरका निर्देशक डा. सन्तोष पौडेल र न्याम्सका डिन डा. अशिष ढुंगाना साथमा थिए । लिभर वार्डका भर्ना भएका अधिकांश विरामी मदिरा सेवन गर्ने बानीका कारण स्वास्थ्यमा समस्या आएको पाइएको चिकित्सकहरुले बताएका थिए ।
मन्त्री बस्नेतले मदिरा सेवन गर्ने बानी त्याग्न सकेमात्र कलेजो लगायतका अन्य रोगबाट बच्न सकिने बताउदै यसका बिषयमा चेतना बिस्तार हुनु पर्नेमा जोड दिए । मन्त्री बस्नेतले उपचार गराईरहेका बिरामी र उनीहरुका कुरुवाहरुलाई वीर अस्पतालले उपचारमा कमजोरी नगर्ने आश्वासन दिएका थिए । कलेजो प्रत्यारोपण सेवा सजिलो नभएको र महंगो भए पनि सरकारले प्रत्यारोपण गराउनै पर्ने विरामीको प्रत्यारोपण गराउने बताए ।

लिभर वार्डको २६० नम्बर बेडमा उपचाररत रमेश बोहोराले मन्त्री बस्नेतसँगको कुराकानी पछि आफूमा कलेजो प्रत्यारोपण गर्ने आशा पलाएको बताए । मन्त्री बस्नेतले पैसा अभावमा कुनै पनि विरामीले उपचारबाट बन्चित हुन नपाओस भन्ने आफ्नो मान्यतालाई व्यवहारमा उतार्न र उपचारका कमि आउन नदिन लाग्न वीर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।
Share on Twitter