छापहिले स्वास्थ्य चौकीका अहेव महताराविरूद्ध विशेष अदालतमा मुद्दा
काठमाडौं:गुल्मीको मालिका गाउँपालिका–५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेव देवबहादुर महताराविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर असिस्टेन्ट हेल्थ वर्कर (अहेव) को जागिर खाएको आरोपमा अदालतमा मुद्दा दायर गरेको हो ।
उनले भारतबाट एसएलसीको प्रमाणपत्र किनेर ल्याएकाले उनको शैक्षिक प्रमाणपत्र छानबिन गरिपाउँ भनेर परेको उजुरीमा छानबिन गर्दा प्रमाणपत्र नक्कली फेला परेको हो।
अख्तियारका अनुसार उनले नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह, अहेव पदको विज्ञापनअन्तर्गतको परीक्षा दिनका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरबाट जारी भएको एसएलसी तहको झुटा शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप छ।
Share on Twitter