स्वास्थ्य सेवा महँगो हुँदा भ्रष्टाचार मौलायो : सीता देवकोटा
काठमाडौं:नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले स्वास्थ्य र शिक्षालाई नि:शुल्क बनाउनुपर्ने बताएकी छन् । शुक्रबार नेपाली कांग्रेस नवलपुर क्षेत्र १ को क्षेत्रीय सम्मेलनमा स्वास्थ्य र शिक्षा महँगो हुँदा भ्रष्टाचार मौलाएको बताइन् ।
शिक्षा र स्वास्थ्य सबै नागरिकको पहुँचमा पुर्याउन राज्यले लगानी बढाउनुपर्ने उनको भनाई छ । स्वास्थ्य र शिक्षा महँगो हुँदा कर्मचारीहरू भ्रष्टाचार गर्न बाध्य भएको उनले बताइन् ।
उनले भनिन् राज्यले दिएको तलबले कर्मचारीले बच्चा पढाउन नै सक्दैन , उपचार खर्च महँगो भयो त्यसैले उ भ्रष्टाचार गर्न बाध्य भयो’। उनले महँगीकै कारण युवाहरू बिदेसिन बाध्य भएको बताइन् ।
Share on Twitter